दशरथचन्द नगरपालिकाद्वारा स्वास्थ्य संस्थाहरुलाई ल्यापटप वितरण
२१ चैत्र २०७९
संवाददाता
168

बैतडी- दशरथचन्द नगरपालिका बैतडीले स्वास्थ्य सस्थाहरुलाई ल्यापटप वितरण गरेको छ । कार्यसम्पादन तथा रिपोटिङमा सहजता होस भन्ने उद्देश्यले नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई ल्यापटप वितरण गरिएको हो ।
स्वास्थ्य संस्थाहरुले ल्यापटप प्राप्त गरेपछि स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा सहज हुने विश्वास गरिएको छ ।
मासिक रुपमा हुने डिएचआइएस र एलएमआइएस सम्बन्धी सम्पुर्ण विवरण अब सम्बन्धित स्वास्थ्य संस्थाबाटनै सबमिट गर्न सकिनेछ ।
ल्यापटप वितरण गर्दै नगरप्रमुख पुष्कर राज जोशी लख्खाभाइले आफ्नो कार्यकालमा सबै स्वास्थ्य संस्थाहरुको आवस्यक भौतिक संरचनाको अभाव हटाउने समेत प्रतिवद्धता गरेका छन् ।
उनले भौतिक श्रोतहरुको पुर्ति गर्ने कार्यको सुरुवात ल्यापटप र प्रिन्टर वितरण बाट गरिसकेको बताउनुभयो । जोशीले सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क प्रदान गरिने औषधीहरुको परिपुर्ति गर्न स्वास्थ्य साखालाई निर्देशन दिएको समेत बताउनुभयो । नगरभित्र रहेका स्वास्थ्यका सबै युनिटहरुको नियमीत अनुगमन गरि समस्या समाधानका लागी योजना तयार गर्न समेत निर्देशन दिएका छन् ।

खोप कार्यक्रम नियमीत भएपनि बालबालिकाहरुले खोप नलगाएको पाइनु दुःखद भएको भन्दै नगर प्रमुख जोशीले आगामी बैशाख महिना भित्रै जनप्रतिनिधि र स्वास्थ्यकर्मी एक–एक व्यक्तिलाई भेटेर पुर्ण खोप प्रदान गरिने छ ।