बैतडीमा बाठ्यपुस्तक ढुवानीको काम सुरु

०४ बैशाख २०८० संवाददाता 148


बैतडी-
 बैतडीमा पाठ्यपुस्तक ढुवानीको काम आज (सोमबार) बाट सुरु भएको छ । शिक्षा विकास तथा समुन्वय एकाइका अनुसार आजबाट जिल्लामा पाठ्यपुस्तक ढुवानी सुरु भएको हो  ।

 
बैतडीमा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि ८६ हजार सेट हाराहारीमा पाठ्यप्स्तक आवस्यक  रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले बताउनुभयो ।
 
‘सोमबारबाट ढुवानी शुरु भइसकेको छ, मंगलबारसम्म  पाठ्यपुस्तक पुग्छन्, बैतडीमा ८६ हजार सेट पाठ्यपुस्तक आवस्यक हुन्, सोही अनुसार ढुवानी भइरहेको छ,’ शर्माले भन्नुभयो । 



जवाफ छाड्नुस्