जुलाघाटमा मोटरेबल पुल निर्माणका लागि लेखकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

११ बैशाख २०८० संवाददाता 204

प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाउदै रमेस लेखक/ तस्बिर : जनक भट्टको फेशबुकबाट

बैतडी- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाल-भारत सीमानाका जुलाघाटमा मोटरेवल पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । 
 
प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा लेखकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 
 
भारतसंग जोडिएको पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल निर्माणका बिषयमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताउनुभयो। यस्तै पञ्चेश्वरमा समेत झोलुंगे पुल निर्माणका बिषयमा भारतसंग कुराकानी गर्न नेता लेखकले प्रधानमन्त्रीलाई आग्रह गरेको उहाँले बताउनुभयो। 
 
गएको मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पुर्वसन्ध्यामा चुनावी सभालाई सम्बोधन गर्न बैतडी पुगेका प्रचण्डले जुलाघाटमा मोटरेवल पुल बनाउने प्रतिवद्धता समेत गरेका थिए । 
 
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतका तर्फबाट प्राविधिक अध्ययन समेत शुरु भइसकेको छ । 
 
भारत सरकारले निर्माण गर्ने गरी प्रस्तावित कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह लगायत सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजनाहरु सम्पन्न गर्न प्रधानमन्त्री समक्ष नेता लेखकले माग गरेका छन् । 
 



जवाफ छाड्नुस्