बैतडीका तीन किसान पुरस्कृत
११ बैशाख २०८०
संवाददाता
258

बैतडी- बैतडीका तीन जना किसान पुरस्कृत भएका छन् । कृषि पेशामा लागेर राम्रो काम गरिरहेका अगुवा किसानहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार द्वारा पुरस्कृत गरिएको हो।
भीमदत्त उत्कृष्ट कृषक’पुरस्कारबाट दशरथचन्द नगरपालिकका ९ का महेश पाण्डेय , पाटन नगरपालिका ९ का जयन्ती बिजले र मेलौली नगरपालिका ६ का चिन्तामणी भट्ट पुरस्कृत भएका हुन् ।
सोमबार जिल्ला सदरमुकाममा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई पुरस्कृत गरेको हो ।
‘उनीहरुलाई जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताउनुभयो।