छात्राहरुलाई म्यासेन्जरमार्फत यौन दुर्व्यवहार गर्ने प्राध्यापक भट्ट निष्कासित
१२ बैशाख २०८०
संवाददाता
231

धनगढी- यौन दुव्र्यवहारको आरोप लागेका धनगढीको एसपिए कलेजका प्राध्यापक चेतराज भट्टलाई कलेजले निष्काशन गरेको छ।
छात्राहरूलाई फेसबुक म्यासेन्जरबाट यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कलेजले भट्टलाई निष्कासित गरेको हो। एसपिए कलेजमा कार्यविधि कानून पढाउने प्राध्यापक भट्टले फेसबुकबाट आधा दर्जन छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। कलेजमा अध्ययन गर्ने छात्रालाई रातदिन हैरानी दिने गरेको उनिमाथी आरोप छ ।
भट्टले यौन दुर्व्यवहार गर्ने गरेको गुनासो आएपछि कलेजले उनलाई निष्कासन गर्दै प्रहरीको जिम्मा लगाएको क्यापसले जनाएको छ। क्याम्पस प्रमुख योगराज उपाध्यायले विद्यार्थीबाट गुनासो आएपछि क्याम्पसले नै भट्टलाई पदमुक्त गर्दै प्रहरीलाई बुझाएको बताउनुभयो । उनले यो घटनामा सम्पूर्ण कानूनी प्रक्रियामा क्याम्पसले सहयोग गर्ने समेत बताउनुभयो।
छात्राहरूलाई भिडियो र म्यासेजमार्फत अश्लील कुरा गर्ने गरेका भट्टका विरुद्ध पीडित छात्राका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएका छन्। भट्ट अहिले कैलाली प्रहरीको नियन्त्रणमा छन्।