एचआइभी रोकथामका लागि प्रवासी लक्षित कार्यक्रम सुरु

१२ बैशाख २०८० संवाददाता 126


बैतडी-
प्रवासी तथा प्रवासी परिवारहरु लक्षित एचआइभी तथा टिभी रोग रोकथाप कार्यक्रम बैतडी र बझाङमा सुरु भएको छ । एचआइभी र टिभी लगायतका संक्रामक रोगहरुको रोकथाम तथा उनिहरुको पहिचान गरी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित कार्यक्रम संचालन गरिन लागेको हो । 
 
प्रवासी तथा प्रवासी परिवारहरुको लागि एचआइभी तथा टिभी रोकथाम तथा निवारण कार्यक्रम बैतडी र बझाङमा पाइलटिङ परियोजनाका रुपमा सुरु भएको बहुउद्देश्यीय विकास समाज (एमपीडिएस) डडेल्धुराका प्रतिनिधि लोकेन्द्र पन्तले बताउनुभयो । उहाँका अनुसार भारतमा काम गर्ने नेपाली श्रमिक र उनिहरुको परिवारलाई लक्षित गरि कार्यक्रम संचालन गरिने छ । 
 
भारतमा काम गर्ने नेपाली नागरिकहरुका विभिन्न समुहहरु बनाई एचआइभी तथा टिभीको जाँच र जनचेतनाका कार्यक्रमहरु परियोजनाले गर्ने छ । साथै संक्रमित देखिउका व्यक्ति तथा परिवारहरुलाई उपचारको दायरामा ल्याउने काम समेत परियोजनाले गर्ने छ । स्वास्थ्य कार्यालय, र स्थानीय तहका स्वास्थ्य साखाहरुसंगको समुन्वयमा संक्रमति पहिचानको गरिनेछ । 

 
बैतडीका पाँच स्थानीय तहमा कार्यक्रम संचालन गरिने छ । जिल्लाको सिगास, डिलाशैनी, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द, पुचौँडी नगरपालिकामा कार्यक्रम संचालन गरिने छ । परियोजनाले गरेको सर्भे अनुसार बैतडीमा भारतबाट फर्केका ११ हजार एक सय ७० जनामा एचआइभी जाँच गर्दा ११ जनामा संक्रमण देखिएको छ । यस्तै बझाङमा ९ हजार चार सय २६ जनामा एचआइभी जाँच गर्दा ८ जनामा संक्रमण देखिएकाे छ । 


 
परियोजनाले जिल्लामा लुकेर रहेका एचआइभी संक्रमित र टिभीका विरामीहरु पहिचान गरि उनिहरुलाई उपचारको दायरामा ल्याउन सहयोग पुग्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टको भनाई छ ।  
 
बैतडी जिल्लामा हाल एक सय २१ जना एचआइभी संक्रमितहरु छन् । 




जवाफ छाड्नुस्