सञ्चारकर्मि बिसीका तीन मुक्तक

२१ बैशाख २०८० संवाददाता 222


जिन्दगी- १
जिन्दगी हो बाँच्न, अनेक कुरा सोच्नु पर्छ
मनभित्रका वेदना, मनभित्रै नै कोच्नु पर्छ
मरेपछि पनि यहाँ सजिलो त रहेन छ यार १
खरानी भएर बग्न नि, सयौं पटक घोच्नु पर्छ ।
 
मुक्तक- २
दिनलाई भगवानले पनि सब दिएको छ,
कहाली लाग्दो जिन्दगी गजब दिएको छ,
जीवन के हो रु परिभाषा खोज्दा खोज्दै,
अर्थहीन जिन्दगीको अनुभव दिएको छ ।
 
मुक्तक-३
सुरु कष्टपूर्ण होस् अन्त्य रोदनको हुनु भएन,
जिन्दगी चरीको झैँ होस् बन्धनको हुनु भएन,
संघर्षमा एक्लै भईन्छ हाँसोको पात्र बनाईन्छ,
सम्झनुस् आखिरी हाँसो दुश्मनको हुनु भएन ।

मुक्तकार बिसी बैतडीका सक्रिय संचारकर्मि हुन् 
 



जवाफ छाड्नुस्