भट्टकाे संयाेजकत्वमा अनेमा संघ (क्रान्तिकारी) काे नयाँ कमिटि चयन
२३ बैशाख २०८०
संवाददाता
157

बैतडी- द्रोपती भट्टको संयोजकत्वमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बैतडीले नयाँ कमिटि चयन गरिएको छ । नेकपा माओवादी केन्द्रको भात्रि संगठन (अनेमा) संघको पाटनमा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले भट्टको संयोजकत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।
कमिटिको सहसंयोजकमा जानकी बोहरा, सचिवमा गंगा जोशी लगायत अन्य सदस्यहरु रहेका छन् । प्रत्येक पालिकाका कमिटिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको अखिल नेपाल महिला संघ )क्रान्तिकारी) की बैतडी इन्चार्ज स्वेता भट्टले बताउनुभयो ।
जिल्ला इन्चार्ज स्वेता भट्टको अध्यक्षतामा सम्पन्न भएको भेलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज रेणु चन्द प्रमुख अतिथी रहनुभएको थियो ।