नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री प्रचण्ड

२४ बैशाख २०८० संवाददाता 217


काठमाडौँ- 
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी देखिएका कोही पनि नछुट्ने र निर्दोष भने नफस्ने बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा कसैले दबाब दिएर केही नहुने बताउनुभयो । 
 
प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले जोडतोडका साथ बहस गरेपछि प्रधानमन्त्री दाहालको उक्त धारणा आएको हो ।
 
‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन, निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
 
प्रतिनिधिसभामा सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा राखेका धारणाले सरकारलाई बल पुगेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।



जवाफ छाड्नुस्