सचिवबाट सदस्यमा राख्न खोजेपछि बैतडीकी चन्दले दिइन् राजिनामा

२७ बैशाख २०८० संवाददाता 299


बैतडी– राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय  सचिव बिष्णा  चन्दले राजीनामा दिनुभएको छ । 
 
आफूमाथि अपमान भएको भन्दै उनले पदबाट राजीनामा दिनुभएको हो । नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको  सचिव बनेकी  बैतडीकी चन्दले आफूलाई अहिले  आएर  सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताउनुभयो । आफूमाथि महिला भएकै कारण अपमान भएको उहाँको भनाई छ ।

कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।

 
आफूले २०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि  राजीनामा दिनु परेको पत्रमा उल्लेख गर्नुभएको छ ।
 
लामो समय देखि राष्ट्रिय युवा संघ नेपालमा रहेर कुशलतापूर्वक जिम्मेवारी वहन गरेपनि आफूलाई अपमान गरिएको उहाँले गुनासो गर्नुभयो ।
 
उहाँले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई  राजीनामा पत्र बुझाउनुभएको हो ।
 



जवाफ छाड्नुस्