बिरामीलाई फलफूल वितरण गर्दै मनाईयो शिक्षक संघको स्थापना दिवस
३० बैशाख २०८०संवाददाता 292
बैतडी- नेपाल शिक्षक सङ्घको ३४ औँ स्थापना दिवस बैतडी सहित देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । बैतडी जिल्लामा पनि शुभकामना आदानप्रदान गर्दै जिल्ला अस्पताल, बैतडीका विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो ।
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित पेशाको पूर्वाधार’ भन्ने मुल नाराका साथ बैतडी जिल्लामा पनि दिवस मनाईएको शिक्षक संघ बैतडीका सचिव नारायणदत्त जोशीले बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सभापती चतुरबहादुर चन्दको प्रमुख आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा सभापती चन्दले शिक्षक पेशालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षक संघमा आवद्ध शिक्षकहरुले लाग्नुपर्ने धारण राखेका थिए ।
नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र धामी लगायत नेपाली कांग्रेससंग आवद्ध तथा सुभेच्छुक विभिन्न नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।