बैतडीमा बैंककी एक कर्मचारी कुटिइन्

३१ बैशाख २०८० संवाददाता 298


 
बैतडी– बैतडीमा एक जना महिला कर्मचारी कुटिएकी छिन ।
 
शनिवार जिल्लाको सिगास गाउँपालिका–१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका हुन् ।
 
प्रहरीका अनुसार सिगास गाउँपालिका–२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो । शनिवार दिउँसो गाजरी बजारमै सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने धामीलाई प्रहरीले पक्राउ गरेको छ । 
 
केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । महिलाको अनुहारलगायत शरीरमा चोट लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ । 
 



जवाफ छाड्नुस्