प्रेस युनियन बैतडीको अध्यक्षमा पुनः अवस्थी सर्वसम्मत

३१ बैशाख २०८० संवाददाता 232


बैतडी-
नेपाली कांग्रेस सुवेच्छुक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन बैतडी जिल्ला अध्यक्षमा पुनः भगीरथ अवस्थी सर्वसम्मत चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा  पुनः अध्यक्ष चयन भएका हुन् ।
 
अवस्थी अध्यक्ष रहेको समितिको उपाध्यक्षमा ईश्वर बोहरा,  समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको सचिव बिनोद विष्टले बताउनुभयो । 
 
नवनिर्वाचित अध्यक्ष अवस्थीले पत्रकारिता क्षेत्रको हकहीतका लागि आफुले भुमिका निर्वाह गर्ने बताएका छन् ।  अवस्थी जिल्लाको दशरथचन्द नगरपालिका-१ मा रहेको रेडियो निङ्गलाशैनीका स्टेशन म्यानेजर समेत हुन् । 



जवाफ छाड्नुस्