पुर्वराजालाई धनगढीमा नागरिक अभिनन्दनको तयारी

०१ जेठ २०८० संवाददाता 136
फाइन तस्बिर 

धनगढी- पछिल्लो समय देशका विभिन्न ठाउँमा पारिवारिक भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनपूर्व भारत भ्रमणमा गएका छन् । त्यहाँ पनि उनले उत्तरप्रदेशका मुख्यमन्त्री एवं नेपाली राजसंस्थाका अनुयायी मानिने योगी आदित्यनाथ लगायतका महत्त्वपूर्ण व्यक्तिसँग भेटघाट गरेका छन् । 
 
भ्रमणकै क्रममा जेठ ६ गते सुदूरपश्चिम आउने ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  मिडिया संयोजक  ललीत जोशीले बताउनुभयो । अभिनन्दन मूल समारोह समितिका संयोजक पूर्वमन्त्री जयन्त चन्दले राप्रपा लगायतका राजावादी दल तथा संघसंस्थालाई समेत सक्रिय गरिने बताउनुभयो ।
 
 चन्द अहिले सबै जिल्लामा रहेका राजावादीसँग अभिनन्दन समारोहका सन्दर्भमा छलफल परामर्श गर्दै हिडेका छन् । अभिनन्दन जेठ ६ गते धनगढी रंगशालामा हुने मिडिया संयोजक जोशीले बताउनुभयो ।



जवाफ छाड्नुस्