भोलि मन्त्री मण्डल विस्तार गर्ने सहमति सहित सकियो ठबन्धनको बैठक
०५ जेठ २०८०
संवाददाता
28

धनगढी- सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्न मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धन दलको बैठक भोलि मन्त्री परिषद् विस्तार गर्ने गरि सकिएको छ।
सत्ता गठबन्धनको बैठक भोलि शनिवार विहान १० बजे मन्त्री परिषद् विस्तार गर्ने सहमति भएर सकिएको हो। सरकार विस्तार गर्न बसेको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो मिलाउने र सरकारलाई पूर्णता दिने हिसाबले छलफल गर्न आज साँझ ५ बजे हुने भनिएको शपथ सारिएको हो।
गठबन्धनमा चार मन्त्रालयको भागबन्डा मिलाउने विषयमा कुरो नमिलेपछि शपथ ग्रहणको कार्यक्रम सारिएको बताइएको छ। सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट रमेश धामी र झपट साउँद मन्त्री तथा गिता माल राज्यमन्त्री हुने तय भएको छ। नागरिक उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेकाले आज हुने भनिएको शपथ सरेको हो।