यस्तो छ महेशकुमार औझीको नयाँ डेउडा ‘लैजा परान’

०७ जेठ २०८० संवाददाता 486
गीत सुन्नुहोस ! 



बैतडी- चर्चित देउडा गायक महेशकुमार औजीको स्वरमा रहेको ‘लैजा परान’ बोलको गीत सार्वजनिक भएको छ । औजीको शब्द तथा संगीतमा रहेको उक्त गीत शनिबार देउडा दर्पण युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
 
लामो समयदेखि देउडा गायन क्षेत्रमा रहेका कलाकार औजीले संस्कृति संरक्षणकासाथै माया पिरतीमा आधारित गीत सिर्जना गर्दै आएका छन् । बैतडीको पञ्चेश्वर घर भएका औजीले ५ सय बढी देउडा गीत बजारमा ल्याइसकेका छन् । 
 
गायक औजीले सिर्जना गरेका गीतमा संस्कृति झल्किने गरेको संस्कृतिका जानकाहरुले बताएका छन् । अरु गीत जस्तै ‘लैजा परान’बोलको गीत पनि दर्शक/श्रोताले माया गर्ने औजीले विश्वास व्यक्त गरेका छन् । 
 



जवाफ छाड्नुस्