हेर्नुहोस बैतडी जिल्ला भित्रको नयाँ भाडादर, कहाँ कति ?

०८ जेठ २०८० संवाददाता 328


बैतडी-
बैतडी जिल्लाभित्र संचालन हुने छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । सोमबार  जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले छोटोदुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरेको हो । बुधबार अर्थात जेठ १० गते देखि लागु हुने गरि नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले बताउनुभयो । 
 
आम सर्वसाधारणको जानकारीका लागि प्रशासनले नयाँ भाडादर सार्वजनिक समेत गरेको छ । छोटो दूरीका सवारीसाधनहरुले मनपरि भाडा असुल्ने गरेको जनगुनासो पछि प्रशासनले नयाँ भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 
 
सरोकारवालाहरुको बैठकले राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकहरुका खल्डाहरु मर्मत गरि सडकलाई चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय  तथा स्थानीयतहरुलाई  अनुरोध गर्ने  निर्णय समेत गरेको छ ।  प्रशासनले गोठलापानी बजारमा  गाडी पार्किङ नगर्न अनुरोध गर्दै निर्णयको अवज्ञा गरिए कारबाही हुने समेत जनाएको छ ।   
 
हेर्नुहोस कहाँको भाडा कति




यस्तो छ निर्णय 



जवाफ छाड्नुस्