किशानको पिडा : गबारो रोगले मकै खायो !
२० जेठ २०७८
संवाददाता
758

मोहन चन्द
७ जेठ, बैतडी– अहिले पाहाडका जिल्लामा मकै, कोदो, रोप्ने समय हो । बैतडीमा भने पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो । पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गबारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए । मकै उम्रदाखेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा प्रवेस गरेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबै भन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ ।
मकैको बोटको पातमा प्रवेस गरेर पात खाएर बोटको भित्रको गोभामा प्रबेस गर्ने किसानले बताउनुभयोका छन् । पात संगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खालीहुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताउनुभयो । ‘गहुँ पनि भएन खेतको मकैमा पनि रोगलाग्न थाल्यो । पाखोमा लगाएको मकैमा पनि रोगनै लाग्छ भने अब भोकले मर्नुपर्ने हो’ निरास भएर उनले भने ।
बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तिन खेती लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् । पाखो जमिनमा भने गहुँ, मकै र कोदो रोप्ने गर्दछन् ।
किसानको गुनासो आएपछि आफु फिल्ड गएको र मकैमा गबारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताउनुभयो । ‘अहिले वडामा त्यो रोग नियन्त्रण गर्ने विषादी नभएकाले गाउँपालिकामा विषादीको लागि माग फारम पठाएका छौँ’ उनले भने ।
फियराडम बिषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैसीको गहुँत मा पाँच लिटर पानी मिसाएर छर्के पनि गबारो रोग केहि कम हुने कृषि प्राविधिक वताउछन् ।
अहिले सम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्य प्रमुख दिल बहादुर सिंहले बताउनुभयो ।
यो रोगमा मकैको बोटलाई किराले पात र गोभाबाट खान सुरु गरेर जरामा पुग्ने गर्दछ र अन्तमा बोट रोतोभएर सुक्ने गरेको किशानहरुको गुनासो छ । लगत्तै यो रोगलाई नियन्त्रण गर्न सके यो रोग पाखोमा छरेको मकैमा सल्कन पाउने छैन् ।