सुदूरपश्चिममा लगानी गर्न एडीबीको चासो
११ जेठ २०८०
संवाददाता
59

धनगढी- सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी) चासो देखाएको छ ।
सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले जनाएको छ।
नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको बताएका छन्।
नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणासहित सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललगाएतसँगको छलफलमा उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री शाहको सचिवालयका अनुसार प्रदेशमा लगानी भित्र्याउन सुदूरपश्चिम सरकार काठमाण्डौँमा छ।