बिरामीलाई दान गर्ने उद्देश्य सहित बैतडीका युवाहरुले गरे ब्लड ग्रुप पहिचान
१२ जेठ २०८०
संवाददाता
104

बैतडी- बैतडीमा युवाहरुले ब्लड ग्रुप पहिचान गरेका छन् । अत्यावश्यक परेका बेला रक्तदान गर्ने उद्देश्य सहित यहाँका युवाहरुले ब्लड ग्रुपको पहिचान गरेका हुन् । रोयल हिल युथ क्लबले जिल्लाको सदरमुकाममा रहेको विरेन्द्र मावि शाहीलेकमा ब्लड ग्रुप पहिचान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला अस्पताल बैतडीको प्राविधिक सहयोगमा रक्त समूह पहिचान गरिएको क्लबका सल्लाहाकार महेश भट्टले बताउनुभयो ।

रगतको आवश्यकता पर्ने बिरामीहरुलाई रक्तदान गर्नका लागि सहज होस भनेर स्थानीय युवाहरुको ब्लड ग्रुप पहिचान गरिएको उहाँले बताउनुभयो। आज १०८ जनाको युवाहरुको ब्लड गु्रम पहिचान गरिएको छ ।
बैतडीमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा आकस्मिक बिरामीहरुले रगतका लागि नेपाली सेना, प्रहरी र स्वास्थ्यकर्मीहरुको भरपर्नुपर्ने अवस्था छ ।

ब्लड ग्रुप पहिचान कार्यक्रमको शुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले सामाजिक उत्तरदायित्वका काममा युवाहरुको संलग्नता हुनु खुसीको कुरा भएकोबताउनुभयो । यस्तै जिल्ला अस्पताल बैतडीका प्रमुख डा। दिपेश श्रेष्ठले ब्लड ग्रुप पहिचानबाट आकस्मिक बिरामीहरुलाई रगतको आवश्यकता परेको बेला सहज हुने बताउनुभयो।