अव्यवस्थित फोहोरले बैतडीको मेलौली बजार दुर्गन्धित, मेलौली नगरपालिका मूकदर्शक

१२ जेठ २०८० बिन्दु चन्द 57



बैतडी– बैतडीको मेलौली नगरपालिका प्रवेशद्धार नजिकै रहेको बसपार्क दुर्गन्धित बनेको छ । जबकी सोही बाटो भएर नगरपालिकाको कार्यलय प्रवेश गरिन्छ । फोहोरका कारण नगरपालिका प्रवेशद्धार नै कुरुप बनेको छ ।

जताततै फहोर थुपार्दा सास्ती भोग्नु परेको स्थानिय देवबहादुर चन्दले बताए । उनले भने, “जतातै फालीएको फोहोरले एकदमै सास्ती भइरहेको छ । सहज रुपमा हिँडडुल गर्न समस्या छ। दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्इा छ भने अर्को तिर स्वास फेर्न गाह्रो भइरहेको छ ।’’

जथाभावि फोहोर फाल्दा नगर क्षेत्र कुरुप बन्दै गएको हो । नगरपालिकाको फोहोर पनि सडक किनारमै फालिने गरेको गुनासो गरिएको छ ।

सिसाका बोतल, प्लाष्टिक, लगायतका फोहोर जथाभावि फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताइन् ।

उनले भनिन्, “फोहोरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । रक्सिका बोतल, सिसा, प्लाष्टिक, कार्टुन लगायतका फोहोरले गाजालको घाँज काट्न समस्या भइरहेको छ । बच्चाहरुलाई हिँडडुल गर्न समस्या भइरहको छ ।’’

नगरपालिकासंग फोहोर व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिरहेको उनको गुनासो छ । फोहोरले नाली र होमपाइपहरु जाम भएको उनले बताइन् ।

फोहोर व्यवस्थापनका लागि नगपालिकालाई ताकेता गर्दा पनि वेवास्ता गरिएको गुनासो स्थानीयको छ । जथाभावि फालीएको फोहोरका व्यवसायमा समेत असर परेका व्यवसायी मोहन सिंह नेगिले बताए ।

उनले भने, “नगरपालिकाले व्यवस्थापन गर्छौँ भन्यो तर अहिलेसम्म पनि फोहोर व्यवस्थापन गर्न सकेको छैन् । फोहोर फाल्ने ठाँ तोकीदिएको छैन् । जताततै फोहोर फाल्दा व्यापार व्यवसायमा समेत असर परिरहेको छ । पटक पटक ताकेता गर्दा पनि नगरपालिकाले कुनै वास्ता गरिरहेको छैन् ।’’

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि निर्ण समेत गरेको भएपनि जनप्रतिनिधिको एक कार्यकाल सकिँदा पनि फोहोर व्यवस्थापन गर्न नसकेको गुनासो गरिएको छ । नगरपालिका भने ठाउँ अभाव भने पञ्छिरहेको छ । डम्पीङका लागि ठाउँ अभाव भएको मेलौली नगरपालिकाकी नगर उपप्रमुख पार्वति विष्टले बताइन् ।

उनले भनेन, “डम्पीङसाइडका ठाउँ खोजीरहेका छौँ । जपतसक्दो चाँडो नै हामी फोहोर व्यवस्थापन गर्छौँ ।’’

जथाभावि फालीएको फोहोरका कारण नगर क्षेत्र दुर्गन्धीत बनेको छ । मेलौली नगरपालिका भने मूकदर्शक बनेको छ ।
 




जवाफ छाड्नुस्