गोकुलेश्वरमा हुदैछ नेपाल–भारतका कवी सम्मिलित शाहित्य सम्मेलन

१२ जेठ २०८० संवाददाता 172


बैतडी- 
बैतडीको डिलाशैनी गाउँपालिका- ६ गोकुलेश्वरमा नेपाल-भारतका कवी, साहित्यकार लेखक र रचनाकारहरु सम्मिलित चर्मण्यावती साहित्य सम्मेलन हुने भएको छ । जेठ १५ र १६ गते गोकुलेश्वरस्थित कृषि क्याम्पसमा साहित्य सम्मेलन तथा कवी गोष्ठि हुने भएको हो । 
 
राष्ट्रियता संरक्षण अभियान, बैतडीको आयोजना र डिलासैनी गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको अभियानका अध्यक्ष हेमबाबु लेखकले बताउनुभयो । उहाँका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा  मानसखण्डको लोकसाहित्य,  मानसखण्ड, चौलानी सभ्यता र संस्कृति, बैतडेली साहित्यको रुपरेखा, बैतडेली लोकसंस्कृति, व्यासी, शौका समुदायको भाषा, संस्कृति, कत्थक नृत्य, भडा, सगुन, फाःग लगायतका प्रस्तुतीहरु हुने छन् । 
 
साथै सोही सम्मेलनको मौका पारी कवी गोष्ठी समेत आयोजना गरिएको छ । सुदूरपचिममा यस्तो साहित्य सम्मेलन हुन लागेको यो पहिलो पटक हो । विभिन्न लोक सम्भताले प्रख्यात मानसखण्डका क्षेत्रहरुको उजागर गरी यहाँको मौलिक सभ्यतालाई संरक्षण गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको आयोजक राष्ट्रियता संरक्षण अभियान संस्थाले जनाएको छ । 
 



जवाफ छाड्नुस्