बैतडीको सुर्नया गाउँपालिकाले वडामा पशु स्वास्थ्य प्राविधिक खटायो

१३ जेठ २०८० संवाददाता 160


बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले ८ ओटै वडामा पशु स्वास्थ्य प्राविधिक खटाएको छ । घरपालुवा पशुहरुमा लम्पी स्कीन रोगको प्रकोप बढ्दै गएपछि पालिकाले प्राविधिक खटाएको हो । 
 
आफूले पालेका पशुहरुमा लम्पी स्कीनको लक्षण देखिएमा पशु स्वास्थ्य प्राविधिकहरुलाई खबर गर्न समेत आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । लम्पी स्कीन रोगबाट पशुहरुमा क्षति हुन थालेपछि त्यसको नियन्त्रणका लागि पशु प्राविधिकहरु खटाइएको उनले बताए । 
 
गाउँपालिकाका अनुसार वडा नं १ र २ मा विनोदबहादुर चन्दलाई खटाइएको छ । यस्तै वडा नं ३ मा महेशप्रसाद भट्ट, वडा नं ४ मा नरेन्द्र साउँद र वडा नं ५ शरदप्रसाद पन्तलाई खटाइएको छ । यस्तै वडा नं ६ मा हरिशप्रसाद अवस्थी, वडा नं ७ र ८ मा रामबहादुर महरालाई खटाइएको सुर्नया गाउँपालिकाले जनाएको छ । 
 
लम्पी स्कीन रोगका कारण जिल्लाभरीका किसानहरुलाई क्षति पुगेको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । लम्पी स्कीन रोग भाइरसका कारण पशुहरुमा लाग्ने भएकाले यसको औषधि उपचार खासै नभएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए । 
 



जवाफ छाड्नुस्