बैतडीको मेलौलीस्थित होटेलमा बेहोस भेट्टिएका एक जनाको मृत्यु
१३ जेठ २०८०
संवाददाता
822
बैतडी– बैतडीको मेलौली नगरपालिका ७ मा रहेको रिसब होटेलमा बेहोस अवस्थामा भेट्टिएका एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
प्रहरीका अनुसार भारतबाट घर जान लागेका चन्द जेठ ११ गतेदेखि उक्त होटेलमा बसिरहेका थिए ।
आज विहान खान खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।
बेहोस अवस्थामा फेला परेका चन्दको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के कति कारणले मृत्युु भएको हो भन्नेबारे खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ ।