नदीमा बगेर दार्चुलाका एक किशोर बेपत्ता

१६ जेठ २०८० संवाददाता 71
 
दार्चुला– नदीमा बगेर दार्चुलामा एक किशोर बेपत्ता भएका छन्।
 
जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगरस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर सोही स्थानका कुबेरसिंह धामीका छोरा अन्दाजी १५ वर्षीय सुदिप धामी बेपत्ता भएका हुन्।

महेन्द्र नमुना माविमा कक्षा १० मा अध्यनरत धामी सोमवार दिउँसो २ः३० बजेको समयमा बगेको प्रहरीले बताएको छ। 
 



जवाफ छाड्नुस्