दशरथचन्द नगरका वडामै गएर भत्ता वितरण गर्दै एनएमबि बैङ्क
१६ जेठ २०८०
संवाददाता
480
.jpg)
बैतडी- दशरथचन्द नगरपालिकाका वडाहरुमै गएर एनएमबि बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै छ । एनएमबि बैङ्क र दशरथन्द नगरपालिकाको सहमति अनुसार दशरथचन्द नगरपालिकाका वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिन लागेको हो।
एनएमबि बैङ्कले एक सूचना जारी गर्दै वडाबाटै सामाजिक सुरक्षा भक्ता वितरण हुने जनाएको छ । सदरमुकाम भन्दा टाढा रहेका वडा नं. २, ३, ७, ९ र ११ का वडा कार्यालयहरुबाट समाजिक सुरक्षा भत्ता वितरण गरिने बैङ्कका म्यानेजर दिपक जोशीले बताउनुभयो ।
हेर्नुहोस कुन दिन कुन वडाबाट भत्ता वितरण हुदै छ
