डडेल्धुरामा बाख्रा चराउन गएकी बालिका मृत फेला

१७ जेठ २०८० संवाददाता 123


 
डडेल्धुरा– डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन् ।
 
मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी हुन्। 
 
बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको थियो। 
 
अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत अवस्थामा फेला पारेको छ।
 
यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
 



जवाफ छाड्नुस्