बैतडीमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि चालकहरुसंग छलफल
१८ जेठ २०८०
संवाददाता
162
बैतडी– सवारी दुर्घटना न्यूनीकरणका बिषयमा बैतडीमा सवारी चालक र सहचालकहरुसंग छलफल गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयले गोठलापानीमा छलफलको आयोजना गरिएको हो ।
छलफलमा सवारी चालक र सहचालकहरुको सहभागिता रहेको थियो । छलफलका क्रममा सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दशरथ नाथले जानकारी दिए ।
छलफलमा सहभागीहरुलाई ट्राफिक नियमका बिषयमा जानकारी दिनुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउन सकिने उपायका बिषयमा कुराकानी भएको उनले बताए ।
सवारी चालक र सहचालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिनुका साथै क्षमता अनुसार मात्रै यात्रु बोक्न आग्रह गरिएको नाथले बताए ।