बैतडीमा आगामी बर्षको नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरिँदै

१८ जेठ २०८० संवाददाता 133


बैतडी – बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि राय सुझाव संकलन गर्न थालेका छन् । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय तहहरुले राय सुझावको माग गरेका हुन् । 
 
पाटन नगरपालिकाले एक सूचना जारी गर्दै आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।
 
असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
 
यस्तै दशरथचन्द नगरपालिकाले पनि गैरसरकारी संस्थाहरुलाई आफ्ना कार्यक्रम पेश गर्न आग्रह गरेको छ । 
 
जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका बताइएको छ ।
 



जवाफ छाड्नुस्