भारतीय प्रधानमन्त्री मोदीले भने जुलाघाटमा मोटरेवल पुल बन्छ (भिडियो सहित)

१८ जेठ २०८० नरी बडु 347
समाचारसँग सम्बन्धित भिडियो हेर्नुहोस !

 
बैतडी- नेपाल-भारत सिमानाका बैतडीको जुलाघाट मोटरेबल पुल निर्माण हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाघाट नाकामा पक्की पुल निर्माण गरिने बताएका हुन् । 

बैतडीको झुलाघाट नाकाका साथै डडेल्धुराको शीर्षमा पनि मोटरेबल पुल निर्माण गरिने मोदीले पत्रकार सम्मेलनमा बताएका हुन् ।

नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन् । 
 
एको ०७९ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावीसभालाई सम्बोधन गर्न बैतडी आएको प्रधानमन्त्री प्रचण्डले जुलाघाटमा मोटरेवल पुल बन्ने आश्वासन समेत दिएका थिए । 

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नै पुल निर्माण हुने कुरा उल्लेख गरेपछि यो क्षेत्रका नागरिकहरुमा खुसियाली छाएको छ ।




जवाफ छाड्नुस्