तलब नबढाएको भन्दै बैतडीका बिद्यालयका कर्मचारी आन्दोलित

२१ जेठ २०८० संवाददाता 125



बैतडी– बैतडीमा विद्यालय कर्मचारी आन्दोलित भएका छन । सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भने पनि बजेटमा समावेश नगरेकाले आन्दोलनका कार्यक्रम सुरु गरिएका विद्यालय कर्मचारी खेम राज जोशीले बताए । यस्तै विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

सरकारले आफुहरुका माग सम्बोधन नगरेको भन्दै जिल्ला भित्रका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोन चर्काउन थालेका हुन् । २६ गते सम्म धर्ना कार्यक्रम गरिने र त्यसपछि पनि अन्य आन्दोलनका कार्यक्रम अगाडी बढाइने विद्यालय कर्मचारी विनोद बोहराले बताए ।

विद्यालयमा कार्यरत कर्मचारी न्यून पारिश्रमिकमा काम गरिरहेका छन् । अहिले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीले ८ हजार पाउँछन् भने लेखापालले १३ हजार ५ सयमा डिउटी बजाउनु पर्ने बाध्यता छ । सरकारले आफुहरु माथि श्रमशोषण गरेको उनिहरुको आरोप छ ।

पटकपटक सरकारमा रहेकाहरुको ध्यानाकषर्ण गराउदा पनि आफुहरुका पीडा कसैले नसुनेका उनिहरुको दुखेसो छ ।

 




जवाफ छाड्नुस्