बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

२१ जेठ २०८० संवाददाता 149



बैतडी– बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । 
 
जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ बलाराका १९ वर्षीय प्रेम कलौनीको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
 
कलौनीको आइतबार दिउँसो मेलौली नगरपालिका–५ को अर्जुन अदल्लेको भीरबाट लडेर  मृत्यु भएको हो । 
 
भीरबाट लडेर आठ सय मिटर तल खसेका प्रेमको घटनास्थलमै मृत्यु भएको हो । मामाघर गएका कलौनीको मामाघरनजिकै भीरबाट लडेर मृत्यु प्रवक्ता खत्रीले बताए ।  
 
प्रहरीको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 



जवाफ छाड्नुस्