बैतडी प्रशासनमा नागरिकताका लागि फाइल घुमाउने झन्झट हट्यो

२६ जेठ २०८० मोहन चन्द 528

जिल्ला प्रशासन कार्यालय बैतडीले स्वचालित विद्युतीय टोकन प्रणाली लागु गरेको छ । यसले गर्दा अब सेवाग्राहि फाईल घुमाउने झनझटबाट मुक्ति पाउने भएका छन् । 

गत असारदेखि प्रशासनमा टोकन  प्रणाली लागु 
गरिएता पनि स्वचालित भने थिएन । अहिले कार्यालयले भने स्वचालित मसिन जडान गरेको छ । सेवाग्राहिले अव सिधै टोकन लिएर सेवा लिदाँ लामो लाईनमा बस्नु नपर्ने र समयको पनि बचत हुने भएको छ । 
 
टाँढाबाट आएको सेवाग्राहिले समयमै सेवा लिउन र पुर्वाग्रही नहोस भन्ने उद्देश्यले मसिन प्रयोगमा ल्याएको र यसबाट पक्कै पनि जनमुखी नतिजा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो ।  
 


अरु कार्यालय र स्थानियतहरुले पनी प्रविधीमुलक उपकरणहरुको प्रयोग गर्नु पर्ने दशरथचन्द नगरपालिकाका प्रमुख पुस्कर राज जोशीले बताउनु भयो । 
 
अहिले स्वचालित मसिनबाट आफुहरुलाई सेवालिन झन सजिलो भएको सिगासबाट सेवालिन आउनु भएका भागा साउँदले बताउनु भयो ।
 
केहि दिनभित्रै समाजिक सुरक्षा ईकाईको स्थाप्ना गरि सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 



जवाफ छाड्नुस्