आकासे पानीको भरमा चल्दै आएको पञ्चेश्वर स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द

२८ जेठ २०८० मोहन चन्द 167
 

 
बैतडी :  पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था थिएन । आकासे पानीको भरमा चल्दै आएको स्वास्थ्य चौकीको सुत्केरी सेवा बन्द गरिएको छ ।

स्वास्थ्य चौकी प्रमुख सुरेस सार्कीले सुचना निकाल्दै स्वास्थ्य सस्थाबाट प्रदान गर्दै आएको २४ घण्टे सुत्केरी सेवा आईतबारबाट वन्द गरिएको जानकारी दिएको छ । 

 
स्वास्थ्य चौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जम्मा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको सुचनामा उल्लेख छ । 
 
स्वास्थ्य चौकी हुँदै अर्को टोलमा पानी जाने तर स्वास्थ्य चौकीलाई छुट्टै पानीको धारा नदिएको र पानी व्यवस्थापनको लागि कसैलेपनि चासो नदिएपछि सेवा वन्द गर्नु पर्नेको सुचनामा छ । 
 
सुत्केरी सेवा बन्द हुँदा त्यहाँ गर्भवती महिलाहरुले घरमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको छ । 
 



जवाफ छाड्नुस्