बैतडीमा रोकिएन विद्यालय कर्मचारीको धर्ना
३१ जेठ २०८०
मोहन चन्द
360
बैतडी : बैतडीका विद्यालय कर्मचारी पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका छन् । पछिल्लो समय दिनदिनै स्थानियतहको कार्यालय अगाडी धर्नामा बस्ने गरेका छन् ।
सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रिएका छन् ।
केन्द्रको निर्णय अनुसारनै आफुहरुले पनि आन्दोलनका कार्यक्रम अगाडी बढाइरहेका आन्दोलनरत लेखापाल जीवन सिह मंगोलाले बताउनु भयो ।
अहिले सम्म आन्दोलनमा विभिन्न संघसंगठनले एकिवद्धता जनाए पनि सरकारले भने ध्यान नदिएको उनीहरुको गुनासो छ । सरकारले ध्यान नदिए असार २ गतेदेखि विद्याल पूर्णरुपमा वन्द गर्ने चेतावनी आन्दोलनरत कर्मचारीहरुले दिएका छन् ।