गढीमै राबाको एक्सटेन्सन काउन्टर : राजश्व तिर्न गढी-गोठलापानी गर्नुपर्ने झन्जट हट्यो

०१ असार २०८० संवाददाता 313


बैतडी- 
अधिकासं सरकारी कार्याल रहेको बैतडीको गढी खलंगामा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर विस्तारित शाखा स्थापना गरिएको  छ । राष्ट्रिय बाणिज्य बैंकले राजश्व लगायतका सेवाग्राहीको सहजताका लागि विस्तारित शाखा स्थापना गरेको हो । 
 
राहादानी लगायतका राजश्व बुझाउन सेवाग्रहीले गढीबाट गोठलापानी जानुपर्ने बाध्यता थियो । जसका कारण सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको गुनासो पटक-पटक आउन थालेपछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सहजिकरणमा गढीमा एक्सटेन्सन काउन्टर खोलिएको राष्ट्रिय वाणिज्य बैङ्कका बैतडी शाखा प्रवन्धक दिपेन्द्र अवस्थीले बताउनुभयो । 

 
गढीस्थित दशरथचन्द नगरपालिकाको भवनमा विस्तारित शाखा स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्रिय बाणिज्य बैङ्कका शाखाहरुले दिने सबै प्रकारका सेवा उक्त काउन्टरबाट दिने गरि तयारी गरिएको छ ।’ यसले बैतडीको गोठलापानीस्थित राष्ट्रिय बाणिज्य बैङ्क शाखाको भीड समेत घट्ने छ । 

 
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायत गढीमा रहेका कार्यालयहरुमा बुझाउनुपर्ने राजस्वको भौचर सेवा ग्राहीले विस्तारित शाखामा बुझाउन सक्ने छन् । यसबाट बैंकमा  लामो समय लाइन बस्नु पर्ने बाध्यता समेत हट्ने विश्वास गरिएको छ । 



जवाफ छाड्नुस्