सिचाई कुलोमाथि करिडोर, धनहर खेत बाँझै

०२ असार २०८० मोहन चन्द 1415


बैतडी
- निर्माणधीन महाकाली करिडोरले सिँचाई कुलो पुरेपछि वर्षको तीन खेती पाक्ने पञ्चेश्वरका डिम्मर, मटयानी लगायतका खेतहरु अहिले बाँझो परेका छन् । 

 
महाकली करिडोर खन्ने क्रममा पञ्चेश्वर गाउँपालिका– २ को डिम्मर, मटयानी लगायतका खेतहरुमा लाग्ने कुलो पुरिएपछि यहाँका किसानहरुको खेत बाँझो परेको हो ।
 
बज्वागडा स्कुल अगाडीदेखि करीडोरको कटिङ गर्दा कुलो पुरिएको हो । खेतमा गहुँ पाक्न लागेको बेला करिडोरको माटोले कुलो पुरेपछि गहँुको उत्पादनमा समेत कमि आएको किसानहरुले गुनासो गरेका छन् । 
 
वर्षको तीन खेति उत्पादन उक्त खेतहरुमा अहिले मकै पाक्ने समय हो तर सिँचाई अभावले खेत बाँझै छन् ।  कुलो पुरिएपछि त्याँहाका स्थानीयले खेतमा सिचाई गरेर मकै छर्न पाएनन् । केहिले सिचाई नगरेरै मकै छरेपनि बोट सुक्न थालेको किसान धन सिह मंगोलाले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले धानको बिउ राख्ने समय हो, कुलो नभएपछि बिउपनि राखेनौ” ।
 
वर्षमा तिन खेती हुने खेतमा सिचाई कुलो नहुँदा खेत बाँझै छोडनु परेको अर्का किसान राम सिह मंगोलाले गुनासो गरेका छन् । उहाँले भन्नुभयो “कुलो नपुरिदिएको भए अहिले सम्म मकैपनि भित्राइ सक्थ्यौ” अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ ।
अहिले बज्वागडा स्कुल अगाडीको निर्माणको काम रोकीएको छ । मेसिनमा समस्या आएकाले स्कुल अगाढीको निर्माणको काम रोकिएको र लगत्तै सुरु गरिने त्यहाँको निर्माणको कामहेर्ने आयुस चन्दले बताउनुभयो । 
 



जवाफ छाड्नुस्