बैतडी पूर्ण खोप सुनिश्चितता घोषणा

०५ असार २०८० मोहन चन्द 132

 
बैतडी-  राष्ट्रिय खोप कार्यक्रम अन्तरगत बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 
 
स्थानीय स्वामित्व र सहभागीता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मुल नारा सहित एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
 
खोपतालिका अन्तरगतका सबै कार्यक्रम पुरा गरि वडा हुदै पालिका र पालिका हुँदै जिल्लामा खोप लगाएका नलगाएका बालवालिकाहरुको डाटा एकिन गरेर मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
 
सथानीयतहका जनप्रतिनिधी र स्वायमसेवीकाहरुको सहयोगले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सकिएको स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थय निर्देशक डा जग्दीस जोशीले बताउनु भयो ।
 
अहिले १३ रोग विरुद्धको १४ वटा एन्टीजेन विभिन्न खोपकेन्द्र मार्फत दिईरहेको उनले बताए । जिल्लालाई २०७२ सालमा पूर्ण खोपजिल्ला घोषणा गरिएको थियो ।
 
सन २०२२ को सर्वेक्षणले अझैपनि ४ प्रतिशत वालवालिका विभिन्न खोप नलागाएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
 



जवाफ छाड्नुस्