खोपको कार्यक्रममा राजनीतिक भाषण, बाल स्वास्थ्यको मुद्दा ओझेलमा

०६ असार २०८० मोहन चन्द 315


बैतडी-
मंगलबार नियमित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्याक्रममा उपस्थित जनप्रतिनिधिहरुले बाल स्वास्थ्य भन्दा राजनीतिक भाषणलाई प्राथमिकतामा राखे । जिल्लामा बाल स्वास्थ्यको अवस्था दिनानुदिन खस्केर केही बालबालिकाहरु कुषोषणको सिकार भइरहेका बेला  कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले भने राजनीतिक भाषणमात्र गरेका छन् ।
 
कार्यक्रममा संघीय सांसद दामोदर भण्डारी र जिल्ला समुन्वय प्रमुख विच पार्टी र  सरकारका आलोचना र छेकबारमात्रै भए । पालिका जनप्रतिनिधिहरुको तर्फबाट भाषण गर्न मञ्चमा आएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले पनि केही विषय बाहेक बजेटमा सरकारको आलोचना गर्नमै खर्चिए । उहाँले भन्नुभयो, ‘पालिकाहरुलाई बलियो बनाउनुको साटो अहिलेको सरकारले बजेट कटौती गरी पालिकाहरुलाई भुमिका विहीन बनाउन खोजिएको छ ।’ हुनपनि सुदूरपश्चिम प्रदेश सरकारको भर्खरै सर्वाजनिक बजेटमा पालिकाहरुलाई विभेद गरेको पाईन्छ । 


 
यता आफनै पार्टीको बचावट गर्दै संघिय सांसद दामोदर भण्डारी र जिल्ला समुन्वय समितिका प्रमुख खगेन्द्र धामी विच आरोप प्रत्यारोप भयो । खोप समुन्वय समितिका अध्यक्ष समेत रहेका समुन्वय प्रमुखले बालकालिको बारेमा केही बोलेनन् दामोदर भण्डारीले सरकारका बारेमा गरेको आलोचनाको प्रतिरक्षा गरे । भण्डारीले अहिलेको सरकारको चर्को आलोचना गरे भने समुन्वय प्रमुख भण्डारीले त्यसलाई व्यवस्थापन गर्न खोजे । तर बाल स्वास्थ्य र खोपको कुरा दुबैको प्राथमिकतामा परेन् । 
 
आफ्नै पार्टी सम्मिलित सरकारले विनियोजन गरेको बजेटले निराशा पैदा गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदको भाषणलाई मुख्य श्रोत बनाउदै सांसद भण्डारीले आफ्नै पार्टीका नेता सन्तुष्ट नहुने अहिलेको सरकार बजेटको प्राथमिकीकरणमा चुकेको आरोप लगाए । उहाँले भन्नुभयो, ‘यो सरकार जनताको समस्या भन्दा आफ्नो सत्ता टिकाउनमा मस्त रहेको छ ।, यसले जनताको उत्थान गर्न सक्दैन् ।’ शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदको शब्द सापटी लिदै उनले भन्नुभयो ‘गुनासो कोलाई गर्ने आफनै पार्टीका सरकारले गरेको काम प्रति उहाँ सन्तुष्ट देखिनु भएन ।’
 
अहिलेको सरकार देसको अर्थतन्त्र भन्दा पनि आफनो पार्टीको सरकार कसरी टिकाउन भारतमा गेरुवस्त्रको साहाराले सरकार टिकाईदेउ ढोङ गरिरहेको सासंद भण्डारीले आरोप लगाउनुभयो । हिजो नेकपा एमालेको सरकारले ल्याएका ठुला गौरवका आयोजना, एक पालिका एक सुविधा सम्पन्न स्वास्थ्य केन्द्र लगायत जनमुखी बजेटलाई अलिहेको सरकारले कटौती गरेको आरोप समेत सासंद भण्डारीले लगाउनुभयो ।
 
समापन मन्तव्य राख्दै समुन्वय प्रमुख धामीले भन्नुभयो ‘यो हललाई सुनाएर केहि हुनेवला छैन् । संसद भवनमा सुनाउनु होला, हिजोको सरकारले जे ग¥यो त्यही अहिलेको सरकारले पनि गर्दैछ ।’
 



जवाफ छाड्नुस्