सहिद परिवारलाई मासिक ३ हजार भत्ता दिने नयाँ कार्यक्रम सहित आयो डिलाशैनीले बजेट
१५ असार २०८०
संवाददाता
115
बैतडी- जिल्लाको डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट ल्याएको छ । अगामी आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका सहिद परिवालाई मासिक भत्ताको लागि पनि बजेट विनियोजित गरेको छ ।
५७ करोड ३७ लाख १ हजारको बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज बताउनु भयो । सोहि बजेटबाट गाउँपालिकाले सहिदका परिवारलाई मासिक ३ हजारका दरले उपलव्ध गराउने छ ।
गाउँपालिकाले शिक्षातर्फ आगामी आर्थिक बर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ भने स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको छ ।
खानेपानी तर्फ १ करोड १८ लाख विनियोजन गरेको र पूर्वाधार विकासतर्फ ५ करोड ९५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।