अवैध रुपमा विरामी जाँच्ने शाह प्रहरी नियन्त्रणमा

१५ असार २०८० मोहन चन्द 124

 
बैतडी :  पञ्चेश्वर गाउँपालिकाका-४ मा रहेको श्यामा क्लिनिकमा विरामी चेकजाँच गर्ने समान्य स्वास्थ्य शिक्षा समेत हासिल नगरेकी श्यामा कुमारी शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले सो क्लिनिकलाई अवैध ठहर गर्दै सिल गरेको थियो ।
 
पहिलेपनि शाहले यसरीनै अबैध रुपमा विरामी चेकजाँच गर्ने र औषधी दिने गुनासो आएपछि प्रशासनले अनुगमन गर्दा अबैध ठहर भएको थियो र शाहलाई अगामीदिनमा यस्तो नगर्नभनी सम्झाएको थियो ।
 
फेरीपनि अटेरी गरि शाहले विरामी चेकजाँच गर्ने गरेको पाइएपछि शुक्रवार नियन्त्रणमा लिएको  हो । सोधपुछको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले बताउनु भयो । श्यामा कुमारी शाह पञ्चेश्वर गापा स्वास्थ्य साखा संयोजक राम सागर शाहकी श्रीमती हुन् । 



जवाफ छाड्नुस्