बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना
२७ असार २०८०
संवाददाता
83

बैतडी- बैतडीको पाटनमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको छ । जिल्लाको मध्य भागमा पर्ने पाटन बजारमै राष्ट्रिय वाणिज्य बैङ्कको शाखा स्थापना भएको हो । जिल्लाको सिगास, मेलौली, पाटन, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ग्राहाकहरुलाई यस शाखाले सहजता हुने छ ।

यस अघी राष्ट्रिय वाणिज्य बैङ्कको शाखा बैतडी सदरमुकाम गोठलापानीमा मात्रै थियो । अब पाटन बजारबाट राष्ट्रियनि वाणिज्य बैङ्कले दिने सबै सेवाहरु दिने शाखाका प्रवन्धक तपेन्द्र शाहाले बताउनुभयो ।