पाटन नगरपालिकाले कृषि तथा पशुपक्षी निकासी कर हटायो (आर्थिक ऐनसहित)

३१ असार २०८० संवाददाता 111


पाटन-
बैतडीको पाटन नगरपालिकाले गत विगतदेखी कृर्षी तथा पशुपक्षीमा लगाउने निकासी कर हटाएको छ । नगर उपप्रमुख तथा राजस्व स्थानीय परार्मस समितिका संयोजक कमलसिह बोहरा (अपी) ले आर्थिक ऐनको संशोधनसहित पारितका लागि पेश गरेका हुन् ।
 
उनले पेश गरेको आर्थिक ऐन संशोधन प्रस्ताव तेस्रो नगर सभामाबाट पारित भएको छ । कृषकहरुको गुनासो बढदै गएपछि कृषीजन्य उपजमा लगाउदै आएको निकासी कर हटाएको उपप्रमुख बोहराको भनाई छ । उहाँले भन्नुभयो, ‘अनुगमनका क्रममा कृषकका खेतबारीमै कृषकसंग छलफल भयो, कृषी करले समस्या भएको बिषय आयो अनी हटाउने प्रस्ताव नगर सभामा पेश गरे पारित भयो ।,
 
अब २०८०/०८१ का साउन १ गतेबाट पाटन नगरपालिका वडा नम्ब ८ को अनारखोलीमा आलु लगाएतका कृषी उपज र खसी, बोका र भौसीमा समेत निकासी कर नलाग्ने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा जिवीसले टेन्डर गरे अनुसार गरेको रहेछ, अब स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार बमोजीम मात्र कर लाग्छ ।,

 



जवाफ छाड्नुस्