बैतडीको सिगासका अवैध मेडिकल सञ्चालक पक्राउ

०४ श्रावण २०८० मोहन चन्द 143
 
बैतडी-  सिगास गाउँपालिका- २ स्थित गाँजरीमा अवैध  मेडिकल सञ्चालन गरिरहेका एक जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

अबैध मेडिकलमा विरामीला
 स्लाइन चढाई रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नतृत्वमा गएको छड्के अनुगमन टोलीले पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा मेडिकल सञ्चालक ३३ वर्षीय खेमराज अवस्थी रहेका छन् । उनले संचालन गरेको अबैध मेडिकल सिल गरिएको छ । 
 
मेडिकल सञ्चालक भनिएका अवस्थीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो । अवस्थी सि.एम.ए. अनुतिर्ण भएका व्यक्ति हुन् ।
 
उनले २०७१ सालदेखि अवैधानिक रुपमा मेडिकल सञ्चालन गरिरहेको पाइएको छ । उनले संचालन गरेको मेडिकल कुनै पनि निकायमा दर्ता छैन् ।  गाजरी बजारमा केही व्यापारिक पसलहरुमा पनि अनुगमन गरिएको छ ।



जवाफ छाड्नुस्