सिकाई उपलब्धि परिक्षण गर्दै शिद्धेश्वर
१७ श्रावण २०८०
संवाददाता
158

बैतडी- शैक्षिकसत्र २०७९ को एसईइ परीक्षाको नतिजा सन्तोषजनक नआउदा बैतडीका केहि सामुदायिक विद्यालयहरु शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रयासहरु गरिरहेका छन् । जस अन्र्तगत बैतडीको पाटन नगरपालिका वडा नं. ९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले नगर शिक्षा शाखाका कर्मचारीहरु लाई विद्यालयमै बोलाई सयुक्त रुपमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण गर्दै गरिरहेको छ ।
कक्षा १० सम्म पठनपाठन गरिने उक्त विद्यालयमा श्रावण १५ गते शिक्षा शाखा प्रतिनिधीको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण, १६ गते आम अभिभावक माझ प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा समिक्षा र १७ गते बिषयगत उपलब्धि सहितको परिक्षाफलको नतिजा बिश्लेषण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताउनभएको छ ।

पाठ्यक्रममा आधारित मूल्याकंनका साधन प्रयोग गर्दै विद्यार्थीहरुको सिकाई उपलब्धिको मूल्याकंन गरिएको र सिकाईमा कमजोर भएका बालबालिकाहरुको सिकाईमा सुधार गर्नुका लागि बिषयगत शिक्षकहरुले कक्षाकोठामानै प्रतिवद्धता लिएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बृर्खराज भट्टले बताउनुभयो ।

कक्षा एक र दुईको नेपाली बिषयमा पठन, सुनाई, लेखाई र बोलाई सिपको मूल्याकंन गरिएको थियो । कक्षा एक अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जान विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट ४ जना सुनाई सिप, ६ जना पढाई सिप र ८ जनामा लेखाई सिप, कक्षा दुई मा अध्यनरत विद्यार्थीहरु मध्ये १६ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट ७ जना सुनाइ सिप ८ जना पढाई सिप ७ जना लेखाई सिपमा राम्रो देखिएको थियो । यस्तै कक्षा तिन गणीत बिषय क्षेत्र दुई संख्याको ज्ञान देवनागरिक, हिन्दु अरबिक संख्याकंन पद्धतीमा अक्षर र अंकमा लेखन पढन बाट मूल्याकंन गरिएको थियो । कक्षा चारमा अंग्रेजी पठन बोध र कक्षा पाचमा नेपाली शब्द भण्डारण, व्याकरणमा रहेक सिकाई उपलब्धि परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टले बताउनभयो ।

कक्षा तिन मा अध्ययनरत विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट अंक र अक्षरमा लेख्ने पढनेमा ५ जना, बोलाईमा ६ जना, कक्षा चारमा अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट ६ जना पढाईमा, ४ जना लेखाईमा र कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १८ जना विद्यार्थी लाई सोधिएको प्रश्नहरुमा ९ जना, शब्द भण्डारमा ७ जना व्यकरणमा राम्रा रहेका प्रअ भट्टले बताउनुभयो ।
वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयले २०७४ साल देखि कक्षा १० को पठनपाठन संचालन भैरहेको छ भने यस बर्ष २ सय ४२ जना विद्यार्थीहरु अध्ययनरत रहेका अध्यक्ष भाटले बताउनुभयो ।