बैतडीमा पनि ‘जनतासंग माओवादी बिशेष अभियान’को तयारी
११ भदौ २०८०
संवाददाता
130
बैतडी – बैतडीमा पनि जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ को तयारी थालिएको छ । भदौ १६ गते शुभारम्भ हुने सो अभियानका लागि जिल्लाका दशवटै पालिकाका लागि प्रतिनिधि तोकिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले बताउनुभयो ।
सदरमुकास्थित दशरथचन्द नगरपालिकामा केन्द्रीय सदस्य भरत धानुक, पाटन नगरपालिकामा केन्द्रीय सदस्य मञ्जु बम, पुर्चौंडी नगरपालिकामा वैकल्पिक केन्द्रीय सदस्य माया नेगी, मेलौली नगरपालिकामा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सना र सिगास गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य गणेश खत्रीलाई खटाएको छ ।
यस्तै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य भक्त विश्वकर्मा, सुर्नया र दोगडाकेदार गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, डिलाशैनी र दोगडाकेदारमा प्रदेश कमिटि उपाध्यक्ष मानसिंह माललाई खटाएको छ ।
अभियान अन्तर्गत यही भदौ १२ र १३ गते सबै पालिकाहरुमा बैठक सञ्चालन गर्ने, भदौ १४ गतेदेखि वार्ड कमिटि बैठक सञ्चालन गर्ने र भदौ १६ गते बिशेष रुपान्तरण अभियान शुभारम्भ हुने भएकाले त्यसमा केन्द्रित रहने जनाएको छ ।
३ महिनासम्म सञ्चालन हुने अभियानले पार्र्टीलाई बलियो र संगठन विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउनेछ ।
यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गर्ने , सामाजिक संघसंस्था र सहकारीहरुलाई प्रवद्र्धनका लागि पहल गर्ने र पार्टी नेतृत्वको कार्यशैली उपर जनताका गुनासाहरु संकलन समेत गरिने बताइएको छ ।
अभियानको भदौ १६ गते पार्टीका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९ प्रचण्ड०ले ७५३ ओटै स्थानीय तहमा एकैसाथ उद्दघाटन गर्ने कार्यक्रम रहेको भट्टले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अभियानको उद्दघाटन समारोहमा सम्बोधन गर्ने भएकाले त्यसका लागि सबै पालिकाहरुमा अनलाइनमार्फत सुन्ने व्यवस्था मिलाइने माओवादी केन्द्र बैतडीले जनाएको छ ।