बैतडीमा माओवादीको ‘बिशेष रुपान्तरण अभियान’ तिब्र
१८ भदौ २०८०
संवाददाता
223
बैतडी – नेकपा माओवादी केन्द्रको ‘बिशेष रुपान्तरण अभियान’बैतडीमा पनि तिब्र पारिएको छ ।
वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान शुरु भएको माओवादी जिल्ला सचिव तथा सिुगास गाउँपालिकाका टिम कमाण्डर रमेश चन्दले बताउनुभयो ।
तीन महिना सम्म सञ्चालन हुने अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गीय संगठनहरुलाई सक्रिय बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।
बिशेष रुपान्तरण अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । दशरथचन्द नगरपालिकामा केन्द्रीय सदस्य भरत धानुक (पुकार), पाटन नगरपालिकामा केन्द्रीय सदस्य मञ्जु बम, पुर्चौंडी नगरपालिकामा वैकल्पिक केन्द्रीय सदस्य माया नेगी, मेलौली नगरपालिकामा केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सना र सिगास गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य गणेश खत्री इञ्चार्जको रुपमा खटिएका छन् ।
यस्तै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य भक्त विश्वकर्मा, सुर्नया र दोगडाकेदार गाउँपालिकामा वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी, डिलाशैनी र दोगडाकेदारमा प्रदेश कमिटि उपाध्यक्ष मानसिंह माल इञ्चार्जको रुपमा खटिएका छन् ।
जनतासंगको सम्बन्धलाई बलियो बनाउँदै पार्टी संगठनलाई विस्तार गरिने माओवादी केन्द्रले जनाएको छ । देशैभरको अभियान भएको हुनाले पार्टीको संगठन विस्तारमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।