नागरिकता लिन जिल्ला धाउनु पर्दैन - मन्त्री भट्ट
२० भदौ २०८०
संवाददाता
361
बैतडी– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले नागरिकताका लागि जिल्ला प्रशासन नै धाउनु पर्ने बाध्यता अन्त्य गर्ने बताउनुभएको छ ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ काँडामा रहेको मणिलेक मा.विको २०७६औँ बार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सो कार्यत्रममा बोल्दै आ–आफ्नो पायक पर्ने ठाउँबाटै नागरिकता उपलब्ध गर्ने वातावरण बनाउने बताउनुभयो ।
उनले भने, “जो आज नागरिकताका लागि जिल्लामा धाइरहेका छौँ भोली यसै क्षेत्रबाट यहाँका नागरिकलाई नागरिकता उपलब्ध गराउछौँ ।’’
यस्तै उहाँले दुई बर्ष भित्र जिल्लाभरी पूर्ण रुपमा बिद्युत बिस्तार गरिने समेत बताउनुभएको छ ।
जिल्लाका अधिकांस नागरिकहरु अझै अन्धकारमा बस्न बाध्य भएकाले दुई बर्षभित्रमा जिल्लाभरी बिद्युत प्रशारणको केन्द्रिय लाईन जडान गरिसक्ने बताउनुभएको हो ।
यसैगरी मन्त्री भट्टले आफु बैतडीको तल्लो स्वराड क्षेत्रप्रति पुर्ण रुपमा बफादार रहेको समेत बताउनुभएको छ ।
उस्तै उहाँले मेलौलीमा रहेको खानेपानीको समस्या समाधान पनि चाँडै हुने बताउनुभएको छ ।