सुदूरपहाडका तीन जिल्ला जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध

२४ भदौ २०८० संवाददाता 82


बैतडी– सुदूर पहाडका तीन जिल्ला जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार शनिवार रातिदेखिको वर्षका कारण राजमार्ग माथिबाट पहिरो आएको छ । 
 
आइतवार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन । डडेलधुरा प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने डडेलधुरा प्रहरीले जनाएको छ । 
 




जवाफ छाड्नुस्