डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा बैतडीका एक जनाको मृत्यु

२६ भदौ २०८० संवाददाता 80


डडेल्धुरा- डडेल्धुरामा मोटरसाईकल दुर्घटना भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई मंगलवार राति ०१ः३० बजे दुर्घटना भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
 
दुर्घटना हुँदा मोटरसाईकल चालक बैतडीको पाटन नगरपालिका–१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ । स्याउलेबाट बागबजार तर्फ जादै गरेको अबस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । 
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
 



जवाफ छाड्नुस्